साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।
काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।
गत बिहीबार सामान्य अंकले बढेको नेप्से आइतबार ४७.४४ अंकले घटेर २,६९७ को विन्दुमा कायम भएको छ। १८ कम्पनीको शेयर बढेकोमा २२६ कम्पनीको शेयर मूल्य घटेको नेपाल स्टक एक्चेन्ज (नेप्से)ले जनाएको छ।
आज म्युचुअल फन्ड स्थिर रहेर बाँकी सबै उपसमूह घटेकामा सबैभन्दा धेरै वित्तीय उपसमूह ४ प्रतिशतले घटेको छ। कुठेली बुखारी हाइड्रो र न्याग्दी ग्रुप पावर लिमिटेड कम्पनीमा सकारात्मक सर्किट तहमा कारोबार भएको छ। यस्तै, इस्टर्न हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
समग्रमा बजार घटे पनि कारोबार रकम भने बढेको छ। गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
