नेपाल एअरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।
काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुइटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन्। एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आज बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए।
“शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा रहेका छन्। एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट उडानमा आएको छ। आज बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका रहेको छ,” प्रवक्ता पौडेलले भने।
निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मतसम्भार गर्ने गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
“यसका बाबजुत कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्या आउन सक्ने हँुदा तोकिएको मापदण्डभित्र रही मर्मतसम्भारपश्चात् नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ। समस्याको प्रकृति र उपलब्ध साधनस्रोतको आधारमा सामान्यतः विमान केही समयभित्र नै मर्मतसम्भार सकेर उडानयोग्य हुन्छ भने कहिलेकाहीँ धेरै समय लाग्नसक्छ”, विज्ञप्तिमा भनिएको छ।
प्राविधिक कारणले तीनवटा विमानका यात्रु दुईवटा विमानबाट ओसारपसार गर्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
