अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो शृंखला ‘क्लिन स्विप’

जितका लागि पाएको १५७ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ८ बल बाँकी छँदा पूरा गर्‍यो। पहिलो खेल १७ रन र दोस्रो खेल सुपर ओभरमा जितेको थियो। 

काठमाडौँ– नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी२० शृंखलामा ‘क्लिन स्विप’ गरेको छ। 

डाल्लासमा सोमबार बिहान भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भयो। यसअघि पहिलो खेल १७ रन र दोस्रो खेल सुपर ओभरमा जितेको थियो। 

जितका लागि पाएको १५७ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ८ बल बाँकी छँदा पूरा गर्‍यो। 

नेपालका आसिफ शेखले ३८ बलमा अर्धशतक पूरा गरे। उनी खेलको प्लेयर अफ द म्याच घोषित भए। कुशल मल्ल ३० बलमा ४४ तथा  कुशल भुर्तेल ३२ बलमा ४० रनमा अविजित रहे। अनिल साहले ११ बलमा १३ बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। 

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे। 

नेपालका सोमपाल कामीले ३, रिजन ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए।