सुनको मूल्यमा नयाँ कीर्तिमान

आइतबार तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन १ लाख ६५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ।

आइतबार तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख ६५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो। 

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ। आइतबारको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ। 

आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९५ निर्धारण भएको महासंघले जनाएको छ।