दशरथ रंगशालामा आज भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौँ– श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो।
आज खेल शुरूआती सातौं मिनेटमा भुटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन्। त्यस्तै खेलको २३औं मिनेटमा श्रीलंकाकी कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन्।
त्यसपछि खेलको ३२औँ मिनेटमा भुटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन। खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रता दिलाइन्। डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भुटानलाई ४–१ गोलको जित दिलाइन।
समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। उक्त खेल साँझ ५ः३० बजे हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
