बालिकालाई घरमा बन्धक बनाएर यौनधन्दा चलाएको आरोपमा काठमाडौँको मुलपानीबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौँ– बालिकालाई घरमा बन्धक बनाएर यौनधन्दा चलाएको आरोपमा काठमाडौँको मुलपानीबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४३ वर्षीया सीता गोतामे रहेकी छन्। उनी नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्दै आएकी हुन्।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर मासिक २० हजार रुपैयाँ दिने भनेर बालिकालाई राख्ने गरेकी थिइन्। तर, केही समयपछि उनले ती बालिकालाई घरबाट बाहिर निस्कन नदिई बन्धक बनाएर यौन धन्दामा लगाएको पाइएको ब्युरोले जनाएको छ। प्रहरीले उनको घरबाट चार जना बालिकाको उद्धार गरेको छ।
गोतामेले बालिकालाई यौनजन्य कार्यमा लगाएर ग्राहकबाट एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको प्रहरीले जनाएको छ। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
