यो जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।
काठमाडाैँ– साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले ११–० को जित हात पारेको हो। यो जितसँगै नेपाल समूह 'बी'को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।
नेपाललाई जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। उनले ३२, ४२, ४८, ६३ र ७७औँ मिनेटमा गोल गरिन्। यस्तै, प्रीति राईले ६, ६५ र ८७ औँ मिनेटमा ह्याट्रिक गोल गरिन्। यस्तै, सविता रानामगर, अमिसा कार्की र अनिता केसीले क्रमश: २९, ६८ र ८८औँ मिनेटमा समान १/१ गोल गरे।
समान दुई खेलबाट नेपाल र भुटानको ४/४ अंक भए पनि गोल अन्तरको आधारमा नेपाल समूहको पहिलो स्थानमा रहेको छ। श्रीलंका तीन अंकका साथ तेस्रोमा छ भने माल्दिभ्स शून्य अंकमा छ।
अब भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
