राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र बनाउन स्वदेशी उत्पादनलाई बढाउनुपर्ने बताएकी छन्।
शुक्रबार १९औँ हस्तकला व्यापार मेलामा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन्।
उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।
राष्ट्रपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्त्वपूर्ण योगदान गर्न सक्ने बताइन्। उनले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको विस्तार गर्न आवश्यक रहेको बताइन्। उनले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पुर्याउन र बजार विस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको औँल्याइन्।
राष्ट्रपति भण्डारीले हस्तकलाका माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकिने बताइन्। उनले हस्तकला उद्योगको विकास र विस्तारले नेपालको आर्थिक सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरिन्।
राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार बिस्तारका लागि आवश्यक नीति तथा कानूनलाई सरकारले सहजता दिनुपर्ने बताइन्। उनले सम्पूर्ण नेपालीले मुलुकभित्र उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक रहेको बताइन्। उनले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यावसायिक तालिमको प्रवर्द्धन गर्दै लैजानुपर्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
