दशैँमा कर्णालीको स्याउ अरु बेलाभन्दा तीन गुणा बढी बिक्री भएको छ। बाहिरबाट आउने स्याउको तुलनामा स्वादिलो र सस्तो भएकाले ग्राहकको रोजाइमा परेको व्यवसायीले बताएका छन्।
राँझा– कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो मूल्यमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रूपमा घरघरमा पुगेको छ।
आयातित भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जबासीको रोजाइमा कर्णालीको स्याउ परेको हो। बाँके खजुराका युवा व्यवसायी शतिश निरौलाले दशैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ उपयोगी भएको बताए।
“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दशैँतिहारमा कोसेलीका रूपमा लैजाने सहज भएको छ,” उनले भने “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ।”
नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मंगलीमाया श्रेष्ठले यस वर्षको दशैँमा १० किलो कर्णालीको स्याउ कोसेलीका रूपमा खपत गरेको बताइन्। घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उनको भनाइ छ।
नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भिडभाड हुने गरेको छ। नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री गर्दै आएका छन्। जुम्लाको सिंजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताइन्। अन्य बेलाभन्दा दशैँतिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उनको भनाइ छ।
नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन्। नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताए।
आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको उनको भनाइ छ। यो दशैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ। बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गरे।
कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ। कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ। भारतीय स्याउ प्रतिकिलो १५० देखि २५० र चीनको स्याउ प्रतिकिलो १६० रुपैयाँभन्दा बढी पर्छ। कर्णालीको स्याउको मूल्य भने बाँकेमा प्रतिकिलो ९० देखि १२० रुपैयाँसम्ममा पाइन थालेपछि उपभोक्ताको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
