पछिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से झन्डै २६ अंकले बढेको छ। साताको शुरूका दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.४७ अंक बढेको छ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक, जलविद्युत् र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
समग्रमा २०० कम्पनीको शेयर मूल्य बढेकोमा ३९ कम्पनीको घटेको छ भने ५ वटाको मूल्य यथावत् रहेको छ।
आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
यस्तै, विन नेपाल लघुवित्त र कालिका लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
