क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।
काठमाडाैँ– 'हङकङ क्रिकेट सिक्सेस' प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा जोरासहित लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र राशिद खानले मौका पाएका छन्।
प्रमुख खेलाडी हाल अमेरिकामा रहेकाले क्यानले ‘ए’ टिमका सदस्यलाई हङकङ पठाउन लागेको हो। यस्तै, क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।
हङकङ क्रिकेट संघको आयोजनामा यही कात्तिक १६ देखि १८ सम्म हङकङमा हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै इंग्ल्यान्ड र अस्ट्रेलिया छन्। प्रतियोगितामा १२ राष्ट्रको सहभागिता छ। जसमध्ये समूह ‘ए’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ, समूह ‘सी’ मा भारत, पाकिस्तान र यूएई तथा समूह ‘डी’मा श्रीलंका, बांग्लादेश र ओमान छन्।
यस प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको नेपालले कात्तिक १६ गते इंग्ल्यान्ड र १७ गते अस्ट्रेलियासँग खेल्नेछ।
हरेक खेल ६/६ ओभरको हुने यस प्रतियोगिताको एक टिममा ६ खेलाडी रहन्छन्। प्रत्येक खेलाडीले १/१ ओभर बलिङ गर्न पाउने नियम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
