युद्धमा हजारौँले ज्यान गुमाउनुका साथै, युद्धको त्रासमा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थी बनेर युरोपेली देशतिर जाने क्रम पनि बढेको छ।
रुसले आक्रमण गरेयता युक्रेनको जनसंख्यामा ठूलो मात्रामा गिरावट आएको छ। संयुक्त राष्ट्रसंघका अनुसार २०२२ को फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गरेयता युक्रेनको जनसंख्या एक करोडले घटेको हो। यो युद्ध शुरू हुनुभन्दा पहिलेको जनसंख्याको एक चौथाई हिस्सा हो।
युद्धमा हजारौँले ज्यान गुमाउनुका साथै, युद्धको त्रासमा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थी बनेर युरोपेली देशतिर जाने क्रम पनि बढेको छ। संयुक्त राष्ट्र जनसंख्या कोषका पूर्वी युरोप प्रमुख फ्लोरेन्स बाउरले जेनेभाको एक पत्रकार सम्मेलनमा बोल्दै भनिन्, “युक्रेनमा पहिले नै कठिन जनसांख्यिकीय अवस्थालाई फेब्रुअरी २०२२ को आक्रमणले झन् गम्भीर अवस्थामा परिणत गरेको छ।"
जन्मदर घटेर हाल प्रतिमहिला एक बच्चाको दरमा रहेको छ, जुन संसारमा सबैभन्दा कम हो। स्थिर जनसंख्या कायम राख्न प्रतिमहिला २.१ बच्चाको प्रजनन् दर चाहिन्छ।
सन् १९९१ मा सोभियत संघको पतन हुँदा पाँच करोडभन्दा बढी रहेको युक्रेनको जनसंख्यामा यसअघि नै तीव्र गिरावट थियो। २०२१ को अन्तिमसम्म उक्त जनसंख्या ४ करोडमा खुम्चिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
