यस्तो रहनेछ बुधबारको मौसम

देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

यसैगरी राति कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।