कोरोना भाइरस महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे ६ रोपनी जग्गामा निर्माण गरेको ताल पर्यटकीय गन्तव्य बनेको छ।
खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भंगेटारका स्थानीयले चन्दा संकलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ।
कोरोना भाइरस महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे ६ रोपनी जग्गामा निर्माण गरेको ताल पर्यटकीय स्थल बनेको हो।
रिचार्ज पोखरी बनाउने उद्देश्यले आठ लाख लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुंगा निर्माण गरेर व्यावसायिक रूपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए।
“कृत्रिम तालमा जम्मा भएको पानीमा माछापालन व्यवसायसमेत उपयुक्त हुने भएकाले ग्रासकार्प प्रजातिका १९ किलो माछाका भुरा ल्याएर हालेका छौँ,” उनले भने। जमिन रिचार्ज गर्नुका साथै तल्लो क्षेत्रका स्थानीयको खेतबारीमा सिँचाइ गर्न मिल्नेगरी ‘एल’ आकारको ताल निर्माण गरिएको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो क्रममा रहेको छ।
तालमा दुईवटा काठको डुंगा निर्माण गरेर सञ्चालन गरिएको छ। डुंगा सयर गर्ने पर्यटकबाट १०० रुपैयाँ शुल्क लिने गरिएको छ। डुंगा चलाउने तालिम प्राप्त व्यक्तिलाई ५० र समितिमा ५० रुपैयाँ जम्मा गर्ने गरिएको सञ्चालक समितिले जनाएको छ। संकलन भएको रकम समितिले ताल सरसफाइ तथा व्यवस्थापनमा खर्च गर्छ। तालसम्म पुग्न कच्ची सडकसमेत निर्माण गरिएको सचिव तामाङले बताए।
तालको नाम तामाङ भाषाबाट कांसाहोप राखिएको छ। “तामाङ भाषामा मट्यांग्रा तथा मूर्ति बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाई ‘होप’ भन्ने गरिन्छ। मट्यांग्रा तथा मूर्ति बनाउने माटो भएको ठाउँमा ताल निर्माण गरिएकाले तालको नाम ‘कांसाहोप ताल’ राखेका छौँ,” उनले भने, “कच्ची सडकसमेत निर्माण गरेर सञ्चालनमा आएपछि तालमा गुंगा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ।”
नियमित पानी पलाउने ठोट्नेखोल्सा मुहान भएको सानो खाल्डोलाई स्काभेटरले फराकिलो बनाएर निर्माण गरिएको तालमा पालिएका माछाको हेरचाह स्थानीय आफैले गर्दै आएका छन्।
झट्ट हेर्दा पानको पातजस्तो आकृति देखिने तालमा हिउँदको समयसमेत पानी कम हुन नदिन नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हाल्ने गरिएको छ। तालबाट दुई मिनेट पैदल यात्रा गर्दा पुगिने पश्चिम दिशामा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ।
समुन्द्री सतहदेखि करिब एक हजार ७०० मिटर उचाइमा रहेको तालबाट उच्च हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। स्थानीयकै सक्रियतामा बाँझोबारीबाट सिधै ताल पुग्ने छोटो दूरीको सडक निर्माण गरेपछि आवतजावतमा समेत सहज भएको छ।
सरकारले आवश्यक बजेट दिएको खण्डमा तालको क्षेत्रफल थप बढाउन सकिनेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत निर्माण गरिएको समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले बताए।
चार वर्षअघि निर्माण गरिएको तालभन्दा तल्लो भेगमा यसअघि सुकिसकेका पानीको मुहानमासमेत पुनः मूल फुटेको स्थानीयले बताएका छन्। तालभन्दा करिब १०० मिटर तल नयाँ मूल फुटेपछि समितिका सचिव तामाङले व्यक्तिगत लगानीमा माछापालन शुरू गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
