बांग्लादेशमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन, राष्ट्रपति भवन कब्जा

मोहम्मद साहाबुद्दिन बांग्लादेशका १६औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।

बांग्लादेशका प्रदर्शनकारीले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ‘बंगभवन’ कब्जा गरेका छन्।

यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्‍यालीमा राष्ट्रपतिको राजीनामासहित पाँचबुँदे मागको घोषणा गरेको थियो।

राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बंग भवनतर्फ अघि बढेका प्रदर्शनकारी सेनाले ब्यारिकेड लगाएर रोकेको छ। प्रदर्शनकारी भवन बाहिर उभिएर राष्ट्रपतिको राजीनामाकाे नारा लगाउन थालेका छन्।
“राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन्। उनले तुरुन्तै राजीनामा दिनुपर्छ,” एकजना प्रदर्शनकारीले भने।

मोहम्मद साहाबुद्दिन बांग्लादेशका १६औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए। भेदभावविरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ। त्यसैगरी विद्यार्थीले अवामी लिगको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।
बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बांग्लादेशमा अन्तरिम सरकारको स्थापना भयो।
हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।