राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ शुरू भएको छ।
काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ शुरू भएको छ।
नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरे।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्नेजस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताए।
राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र सङ्गठनको शिर उच्च बनाएको उनले उल्लेख गरे। आगामी दिनमा खेलकुद प्रतियोगितालाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिता सञ्चालनसहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उनले बताए।
प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
