डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा उनले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्।
बेलायत– विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित भएका छन्। सोमबार साँझ बेलायतको राजधानी लन्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगरले उक्त अवार्ड थापेका हुन्।
डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा हरिले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्। अवार्ड हस्तान्तरण कार्यक्रममा अफगानिस्तान युद्धमा सँगै लडेका सहकर्मीसँगै पुगेका थापामगर भाव विह्वल भएका थिए। अफगानिस्तानमा खुट्टा गुुमाउनेगरी भएको विष्फोटका क्रममा आफू पछाडि रहेका सहकर्मीसहित अवार्ड समारोहमा सहभागी हुँदा त्यो घटना सम्झिएर भक्कानिएको उनले बताए।
“बेलायतलाई १५ वर्ष सैन्य सेवा दिए, अनि मेरा दुई खुट्टा पनि गयो,” उनले भने, “आज बेलायतले यो प्राइड अफ ब्रिटेन अवार्ड दिएको छ, धेरै खुसी छु।” उनले आफ्नो सम्मान विश्वका सम्पूर्ण अपांगता भएकाहरूको सम्मान भएको बताए।
सन् १९९९ देखि आयोजना गर्न थालिएको यो अवार्ड समारोहमा आफ्नो असाधारण क्षमताबाट अरूको जीवनमा वास्तविक भिन्नता ल्याउने पात्रहरूलाई सम्मान गर्ने गरिन्छ।
मगरले बेलायती सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तामा विद्युतीय धरापमा दुवै खुट्टा गुमाएका थिए। उनले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै, दुवै घुँडामाथि खुट्टा नभएको पहिलो आरोहीको विश्व रेकर्ड राखेका छन्।
प्राइड अफ ब्रिटेन अवार्डस् २०२४ कार्यक्रममा बेलायती प्रधानमन्त्री किर स्टर्मर पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु, ख्यातिप्राप्त कलाकार सहभागी थिए। सेनाका बहालवाला र पूर्वअधिकृतको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
