दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ– देशभर पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यसैगरी, राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
