काठमाडौँमा घरको चौथो तलाबाट लडेर मजदुरको मृत्यु

निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ।

काठमाडौँ– आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर मजदुरको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–५का ४२ वर्षीय दिलबहादुर भुजेलको लडेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला उनी लडेर गम्भीर घाइते भएका थिए। 

भुजेलको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो।