राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको छ।
काभ्रेपलान्चोक– असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा छ। कार्यालयले जाइकाको निर्णय आएपछि पुनर्निर्माण थालिने जनाएको छ।
बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ। राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण साँझ ६ देखि १० घण्टा (रातको समय) यातायात सञ्चालनमामा रोक लगाएको छ।
काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो। उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३० मा नेपालका लागि जापानका राजदूत किकुता युताकासँग सहयोगबारे छलफल गरेका थिए।
“जाइकाको ‘रेस्पोन्स’को पर्खाइमा छौँ, एक–दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ,” कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने। रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किमलोमिटर सडकखण्डको १४ स्थानमा करिब आठ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको कार्यालयले जनाएको छ।
जाइकाद्वारा निर्मित उक्त सडक निर्माण लागत प्रतिकिमी ३५ करोड रुपैयाँ थियो। उक्त रकम हालको हिसाबमा ५० करोडभन्दा माथि पर्नेछ। पहिरोले दुई अर्बभन्दा माथिको क्षति गराएको प्रारम्भिक अनुमान गरिएको योगेशले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
