नेप्से परिसूचक १८ अंकले ओरालो लाग्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.२५ अंकले ओरालो लागेर २०६२७.१४ मा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.२५ अंकले ओरालो लागेर २०६२७.१४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९९ अंकले ओरालो लागेर ४७४.२६ मा सिमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ।

कूल एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार १५७ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार नेपाल एसबीआई बैंक ९.७५, पिपल्स पावर ७.८८, सनराइज ब्ल्यूचिप फन्ड ७.६७, समृद्धि फाइनान्स कम्पनी ६.१८ र आरबिबी म्युचुअल फन्ड–एकका लगानीकर्ताले ६.०१ प्रतिशतले कमाएका छन्।

रावा इनर्जी १०, एनआईबीएल समृद्धि फन्ड–दोस्रो ५.७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.९०, गुडविल फाइनान्स ४.५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४.२१ प्रतिशतले गुमाएका छन्।