नेदरल्यान्ड्सविरुद्ध मोलिनाको गोलमा अर्जेन्टिनालाई अग्रता

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।

कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।

खेलको ३५औँ मिनेटमा अर्जेन्टिनाका लागि नाहुएल मोलिनाले गोल गरे। लिओनल मेस्सीको उत्कृष्ट पासमा मोलिनाले गोल गरेका हुन्।

यी दुई देशबीचको विजेताले सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ। यसअघि पहिलो क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पराजित गरेको थियो।