‘डाना’ को प्रभावले कोशी र मधेशमा वर्षाको सम्भावना

केही दिनअघि बंगालको खाडीमा उत्पन्न भएको समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा समेत पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी ‘डाना’को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘डाना’को प्रभावका कारण कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए।

“समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ,” उनले भने।