पूर्वी भेगमा ‘दाना’ चक्रवातको प्रभाव, हल्का वर्षाको सम्भावना

दिउँसो कोशी र लुम्बिनीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव नेपालको पूर्वी भेगमा पनि परेको छ। 

यसका साथै पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले कोशी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी र लुम्बिनीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।