चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा ८ जना पक्राउ

मानव तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान शुरू गरिएको डीएसपी रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।

इनरुवा– चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा सुनसरी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजी पक्राउ परेका हुन्। 

मानव तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान शुरू गरिएको डीएसपी रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।