कञ्चनपुरको लालझाडीमा मृत भेटिए दम्पती

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशप्रसाद जोशीले दुवै जना शुक्रबार बिहान बिछ्यौनामा मृत भेटिएको जानकारी दिए।

कञ्चनपुर– लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई शुक्रबार बिहान मृत फेला पारिएको हो। घटनाबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए। 

“घटना शंकास्पद छ,” उनले भने, “मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ। घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ।”