२४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी अहिलेसम्मकै ठूलो भएको फ्लोरिडामा गभर्नर रोन डिसान्टिसले बताएका छन्।
अमेरिकाको फ्लोरिडा राज्यमा सामुद्रिक आँधी इयानका कारण २४ लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति ठप्प छ। सबैभन्दा बढी विनाशकारी आँधीमध्येको इयानका कारण कतिपय स्थानमा बाढी आएको छ। फ्लोरिडाका अधिकांश क्षेत्र डुबानमा छन्।
२४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले तटीयक्षेत्रका थुप्रै घर तथा व्यापारिक भवनमा क्षति पुगेको छ। साथै, कार जमिनमा भासिएको, रूखहरू जरैबाट उखेलिएका दृश्यहरू सार्वजनिक भएका छन्। ली इलाकाको दक्षिण-पश्चिम क्षेत्रमा पहिरो गएको छ। यता, आँधीका समयमा समुद्री यात्रामा रहेका दुई जना क्युवाका नागरिकको ज्यान गएको छ भने २० जना बेपत्ता भएका छन्।
आगामी २४ घण्टासम्म पनि आँधी मथ्थर नहुने भएकाले घरभित्रै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ। आँधीपछि स्टोरहरूमा लुटपाटका घटना बढेको भन्ने उजुरी आएपछि स्थानीय प्रशासनले कर्फ्यूसमेत लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
फ्लोरिडाका अधिकांश क्षेत्र डुबानमा परेका छन्। फ्लोरिडामा यो अहिलेसम्मकै ठूलो आँधी भएको फ्लोरिडा राज्यका गभर्नर रोन डिसान्टिसले बताए। बाढी प्रभावित क्षेत्रमा उद्दार गर्न सात हजार राष्ट्रिय सुरक्षा बल खटाउने तयारी भइरहेको बिबिसीले जनाएको छ।
त्यहाँ अहिलेसम्मकै ठूलो आँधी आएको फ्लोरिडाका गभर्नर रन डिसान्टिसको भनाइ छ। आँधीका कारण फ्लोरिडाको ज्याक्सनभिले अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्। फ्लोरिडाको उत्तरतर्फ बढेको इयान आँधी शुक्रबारसम्म जर्जिया र साउथ क्यारोलिना पुग्ने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
