सुनको मूल्य स्थिर, चाँदी घट्यो

बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि समान मूल्यमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि समान मूल्यमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ७७ हजार ७०० पुगेर उच्च मूल्य कायम गरेको सुन बिहीबार ७०० रुपैयाँले घटेको थियो।  

यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। बिहीबार तोलाको २ हजार ९५ रुपैयाँ रहेको चाँदी २५ रुपैयाँले घटेर २ हजार ७० रुपैयाँ पुगेको छ।