म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको धान र कोदोबालीमा असिनाले क्षति गरेको छ।
गलेश्वर– म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा आइतबार साँझ परेको असिनापानीले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ।
स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले गरेको मूल्यांकनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो।
बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले पाक्न लागेको धान र कोदोमा क्षति पुर्याएको छ। धानबालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण संकलन गर्न खेतमा पुगेका थियो।
गौश्वारामा गरिएको धानखेतीमा असिनापानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए। “अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ। किसान अहिले त्यही दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्,” उनले भने, “पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ।”
असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति गरेको थियो। बेनी–२ का वडासदस्य रिजालका अनुसार नकाटेको धानका बोट पनि असिनाले ढालेको छ।
“धानको एउटा बोट पनि ठाडो छैन। खेतैभरि पानी भरिएको छ,” उनले भने, “अब वर्षभरि के खाने भन्ने चिन्ता भयो।”
जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
