लेबनानका सूचना मन्त्रीले इजरायलले जानाजानी आक्रमण गरेको र यसलाई युद्ध अपराध भएको बताएका छन्।
शुक्रबार इजरायली हवाई हमलामा तीन लेबनानी पत्रकारको मृत्यु भएको छ। इजरायलले दक्षिण-पूर्वी लेबनानमा पत्रकार बस्ने भवनमा गरेको हवाई आक्रमणमा परेर उनीहरूको मृत्यु भएको बीबीसीले जनाएको छ।
हसबायास्थित गेस्ट हाउस परिसरमा कम्तीमा सात सञ्चार संस्थाका एक दर्जनभन्दा बढी पत्रकार छन्। यहाँ पार्क गरिएका प्रेस लेखिएका कारहरूमा पनि क्षति भएको छ। मृत्यु भएका तीन जना पुरुष पत्रकार हिजबुल्लाहको टिभी च्यानल अल मनार र अल मायादीन टिभीका लागि काम गरिरहेका थिए। यस सम्बन्धमा अल मनार टिभी र अल मायादीनले विज्ञप्ति जारी गर्दै ज्यान गुमाउने पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
लेबनानका सूचना मन्त्रीले इजरायलले जानाजानी आक्रमण गरेको र यसलाई युद्ध अपराध भएको बताएका छन्।
आक्रमणमा अन्य तीन पत्रकार पनि घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन। तर इजरायलले यसअघि आफ्नो सेनाले पत्रकारलाई लक्षित नगरेको बताएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
