नेपालमा वन चौँरी पनि भनेर चिनिने जंगली याक चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो। खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रमा पाइन्छ।
काठमाडौँ– शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ। अध्ययनका क्रममा शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङ क्षेत्रमा भाले जंगली याक भेटिएको हो।
स्थानीय नागरिक तथा वैज्ञानिक सोनाम वाङ्दीले जंगली याकको तस्वीर खिचेको तस्वीर खिचेका हुन्। चार हजार ६२३ देखि चार हजार ९३५ मिटर उचाइमा उक्त जंगली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ।
यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात् निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहकार्यमा भएको थियो। विगतमा तथ्यांक अभाव तथा स्थानीय समुदायका अनुसार जंगली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो। जंगली याक प्रायः समुद्री सतहबाट चार हजार ८२५ मिटरको उचाइमा पाइन्छ।
अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लूडब्लूएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो जंगली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्को जंगली याक देखिएको स्थानीयले जानकारी दिएका छन्। “तर यही हो वा अर्को जंगली याक हो विस्तृत अध्ययन बिना भन्न सकिने अवस्था छैन। चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जंगली याकको नेपालमा खासै तथ्यांक छैन,” उनले भने। नेपालमा पहिलो पटक अनुसन्धानकर्ताले हुम्लामा सन् २०१४ मा जंगली याक देखेका र पहिलो आधिकारिक तस्वीर पनि सोही समयमा सार्वजनिक गरिएको थियो।
नेपालमा वन चौँरी पनि भनेर चिनिने जंगली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो। जंगली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रमा पाइन्छ। जाडोमा तल्लो उपत्यकामा झर्दै, मौसमी रूपमा सर्ने गर्छ। यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन। जंगली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान गरिन्छ।
नेपालमा यस प्रजातिको जनसंख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन। हुम्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जंगली याक लोप भइसकेको मानिन्थ्यो। विश्वव्यापी रूपमा जंगली याकलाई आईयूसीएन ‘रेड लिस्ट’ले जोखिममा राखेको छ। नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्यांक अभावका रूपमा वर्गीकृत गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
