टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोली अमेरिकाले ३४.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो।
काठमाडौँ– आईसीसी विश्वकप लिग२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ।
शुक्रबार राति अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा स्कटल्यान्डले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले ३४.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो।
अमेरिकाका साडली भान विकले सर्वाधिक ५८ रनको योगदान दिए। हरमित सिंहले २२ तथा नोस्थुस केन्जिगेले २१ रन बनाएका थिए।
स्कटल्यान्डका ब्राड करीले ४, ब्रान्डल म्याकमुलेनले ३ र ब्राल विलले २ विकेट लिए।
१४५ रनको लक्ष्य स्कटल्यान्डले बिना विकेट क्षति पूरा गर्यो। ओपनर एन्ड्रिउ उमिदले ७९ बलमा ९८ रन जोडेका थिए । चाली टियरले पनि ४३ रनको योगदान गरे।
सिरिजमा आइतबार अमेरिकाले नेपालसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
