फुल्न थालिसकेको फूल वर्षाले नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
काठमाडौँ– असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण पुष्पखेतीमा पनि क्षति पुगेको छ। वर्षाले करिब १५ करोडको फूल नोक्सान गरेपछि यस तिहारमा सयपत्री फूलको मूल्य बढ्ने भएको छ।
फुल्न थालिसकेको फूल नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए।
गत वर्ष एउटा मालालाई ६५ देखि ७० रुपैयाँसम्म परेको थियो। यस वर्ष ८० देखि ८५ रुपैयाँसम्म होलसेल मूल्य पर्ने उनले बताए। अध्यक्ष बादेका अनुसार बजार गत वर्षको तुलनामा यस वर्ष सात लाखभन्दा बढी सयपत्री फूल मालाको माग छ। गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो। बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ।
यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो।
बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ। विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने भारतबाट ल्याउनुपर्ने बाध्यता छ।
नेपालमा २००७ सालदेखि शुरू भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन्।
व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
