इजरायलले गर्‍यो इरानका विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण

इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।

इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको छ। 

इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।

त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ।

इजरायलले १ अक्टोबरमा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो। जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो। 

इजरायली सेनाले एक विज्ञप्तिमार्फत इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकार स्वरूप इरानी सैन्य लक्ष्यमा आक्रमण गरिरहेको बताएको छ। 

आक्रमणपछि शनिबार इरानका सबै उडान स्थगित गरिएको उड्डयन प्राधिकरणले घोषणा गरेको छ। 

दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको थियो।