जी७ का नेताहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।
संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी७ का नेताहरूले रोक्का राखिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरूप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको जनाएको छ। जी७ ले शुक्रबार एक विज्ञप्तीमार्फत यो जानकारी गराएको हो।
सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण शुरू गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन्।
“युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ,” जी७ नेताहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिंटनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो। “युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ,” समूहले प्रतिबद्धता जनाएको छ।
उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
