समानुपातिक सांसदको टुंगो लगाउन माओवादी बैठक बस्दै

शुक्रबार बसेकाे माओवादी पदाधिकारी बैठकले समानुपातिक सांसदकाे नाम टुंगाे लगाउन सकेकाे थिएन। समानुपातिक सांसदकाे सूची शनिबार नै निर्वाचन आयोगमा पेस गर्नुपर्ने तालिका छ।

काठमाडौँ– समानुपातिक सांसदको नाम टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पनि बस्दै छ।

समानुपातिक बन्दसूचीका विषयमा सरोकारवाला र कानुनविद्सँग छलफल गरेर टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ। यसअघि शुक्रबार पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।

उक्त बैठकले अन्तिम सूची टुंग्याउन सकेको थिएन। माओवादीले संघमा १४ र प्रदेशमा २९ सिट पाएको छ। समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ।