आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा

अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

काठमाडाैँ– अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल, अमेरिका र स्टकल्यान्डबीच हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाली टोली घोषणा गरेको हो।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी परेका छन्। यस्तै, देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

नेपालले लिग–२ को पहिलो खेल आइतबार अमेरिकासँग तथा दोस्रो खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। यस्तै, नोभेम्बर २ मा पुनः अमेरिका र नोभेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ। सबै खेल राति सवा ९ बजे हुने क्यानले जनाएको छ।

सिरिज खेल्न नेपाली टोली अहिले अमेरिकामा छ। यसअघि अमेरिकासँगको टी-२० सिरिजमा नेपालले क्लिन स्विप गरेको थियो।