एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

शनिबार राति भएको खेलमा बार्साले घरेलु टोली रियल मड्रिडलाई ४-० ले हराउँदै शीर्षस्थानमा ६ अंगको अग्रता बनाएको छ। 

काठमाडौँ– रोबर्ट लेवान्डोस्कीले २ मिनेटमा २ गोल गरेपछि स्पेनिस ला लिगा एलक्लासिकोमा बार्सिलोनाले‌ सानदार जित हासिल गरेको छ।

शनिबार राति भएको खेलमा बार्साले रियल मड्रिडलाई ४-० ले हराउँदै शीर्षस्थानमा ६ अंगको अग्रता बनाएको हो। 

रियलको घरेलु मैदानमा पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले। ५४औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अर्को गोल थपे। 

बार्साका लामिने यामलले ७७औँ र राफिन्हाले ८४औँ मिनेटमा गोल गर्दै सानदार जित दिलाए। 

यस जितसँगै ११ खेलमा ३० अंकसहित बार्सिलोना शीर्षस्थानमा छ। समान खेलमा २४ अंकका साथ रियल दोस्रो स्थानमा छ।