कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्।
इनरुवा– आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ। कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि संकटमा पर्न थालेको हो।
चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै संकटमा पर्न थालेको इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताए। चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्री वितरणमा विगत वर्षभन्दा कमी आएको उनको भनाइ छ।
इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार (कुमाल) समुदाय चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको छ। माटोका भाँडा बनाए जति बिक्री नहुने गरेको स्थानीय दरपी पण्डितको भनाइ छ।
कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्। आधुनिकताको विकाससँगै अहिले बजारमा विद्युतीय दियो, झिलिमिली बत्तीलगायत उपकरण आउन थालेपछि चिन्ता थपिएको छ।
भाँडा बनाउन काँचो माटो प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै माटोको जोहो गर्ने गरिएको छ। माटोबाट निर्माण गरेको सामग्री बिक्री नहुँदा वैकल्पिक पेसा रोज्न थालेको पण्डितले बताए। “विगतका वर्षमा माटोका भाँडाबाट राम्रै आम्दनी हुने गरेको भए पनि अहिले बिक्री र प्रयोगमा समेत कमी आएको छ,” उनले भने। नजिकमा माटो नपाइने र टाढाबाट प्रतिट्र्याक्टर माटो १० हजारदेखि २० हजार रुपैयाँसम्ममा खरिद गरी बनाएको भाँडासमेत बिक्री नहुँदा समस्या भएको हो।
कुमाल समुदायले विगतमा माटोका भाँडा बिक्री गरी परिवारको खर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिँदै आएका थिए। अहिले घर खर्चसमेत चलाउन समस्या हुन थालेको छ।
विगतमा पर्वका बेला एक परिवारले पाँच लाखसम्मका माटोको दियो बनाएर बिक्री गर्ने गरेका थिए। अहिले एक लाख दियो बिक्री गर्न पनि एक हप्ता लाग्ने गरेको स्थानीय बेचनी पण्डितले बताइन्। वर्षभरिमा एक परिवारले माटोको भाँडाबाट मुस्किलले एक लाख रुपैयाँसम्म आम्दनी गर्ने गरेका छन्।
अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्य गर्ने गरेका छन्। मेहनत गरेअनुसारको प्रतिफल नपाउँदा निराश हुने गरेको कुम्भकार समुदायका ज्ञानदेव पण्डितले बताए। संघीय, प्रदेश र स्थानीय सरकार भए पनि आफूहरूको पेसा संरक्षणका लागि कसैले ध्यान नदिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
