सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ।

चैनपुर– सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताए। उनका अनुसार पटक–पटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ। पहिरो पन्छाउने काम भइरहेको उनले बताए। 

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ।

पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्।