फिफा विश्वकप : सेमीफाइनल प्रवेशका लागि पोर्चुगल र मोरक्को तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

काठमाडौँ– विश्वकप फुटबल अन्तर्गत शनिबार राति क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। 

क्वाटरफाइनलको तेस्रो तथा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। अल थुमा स्टेडियममा यो खेल राति ८ः ४५ मा शुरू हुनेछ।

यस्तै अन्तिम क्वाटरफाइनलमा राति १२: ४५ बजे साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। उक्त खेल अल बायतमा स्टेडियममा हुने छ।

क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन्।