प्रतितोला १ लाख ६७ हजार ४०० पुग्यो सुनको मूल्य

छापावाल सुन अघिल्लो दिनभन्दा १ हजार ४०० रुपैयाँले बढेर तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। 

छापावाल सुन अघिल्लो दिनभन्दा १ हजार ४०० रुपैयाँले बढेर तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको हो। शुक्रबार तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलाको २ हजार ७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ।