सेमिफाइनलमा बांग्लादेशले भुटानलाई ७–१ गोलले हरायो

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।

काठमाडाैँ– राजधानीमा जारी साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा भुटानलाई पराजित गर्दै बांग्लादेश फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।

बांग्लादेशको जितमा तोहुरा खातुनले तीन तथा सबिना खातुनले दुई गोल गरे। यस्तै, रितु पोर्ण चक्मा र मसुरा प्रविनले समान १/१ गोल गरे। भुटानको तर्फबाट डेकी लाजोमले एक गोल गरिन्

सेमिफाइनलको  दोस्रो विजेता र बांग्लादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। आजै हुने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक पाँच पटकको च्याम्पियन भारतसँग खेल्ने छ। यो खेल साँझ साढे ६ बजे शुरू हुनेछ।