साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।
काठमाडाैँ– साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।
नेप्से घटे पनि आज चार कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। लाइफ इन्स्योरेन्स कर्पोरसन (नेपाल), रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट तहमा कारोबार भएको छ। त्यस्तै, कालिन्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ।
आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक १.११ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत घटेको छ।
९२ कम्पनीको शेयर बढेकामा १४० कम्पनीको शेयर घटेको छ। सबैभन्दा धेरै नेपाल एसबीआई बैंक ६.७९ प्रतिशतले घटेको छ। यस्तै, प्राइम कमर्सियल बैंक र रावा इनर्जी डेभलपमेन्ट ४ प्रतिशतभन्दा धेरैले घटेका छन्।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
