ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा

शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।

तस्वीर : सीजीटीएन

काठमाडौँ– ब्राजिल कतार विश्वकपको क्वाटरफइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले पदबाट राजिनामा दिएका छन्।

शुक्रबार राति पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै टिटेले पद छाडेका हुन्।

ब्राजिललाई यसपटकको विश्वकपको प्रमुख दाबेदार मानिएको थियो। टिटेको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ।

डुंगाले छाडेपछि उनी सन् २०१६ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए। ६१ वर्षीय टिटेले ब्राजिललाई २०१९ मा कोपा अमेरिका जिताएका थिए।