संखुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ।
संखुवासभा– संखुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ।
यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) को ९० हजार रुपैयाँ पुगेको छ। झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो। अलैँची व्यवसायी महासंघ संखुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिए।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो। उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। गत वर्ष ६०/६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठको भनाइ छ। ग्रेडिङ राम्रो भएको अलैँची ९० हजार र ग्रेडिङ नभएको सामान्य अलैँची ८७ हजार रुपैयाँमा कारोबार भइरहेको व्यवसायीको भनाइ छ। पछिल्लो समय भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि पनि मूल्य बढेको व्यवसायी बताउँछन्।
जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको शुरूआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासंघले जनाएको छ। मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरू गरेको व्यवसायी बताउँछन्। नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भने भारत हो। अन्ठान्नब्बे प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको पाइन्छ। दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्यांक छ।
अलैँचीको मूल्यवृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन्। संखुवासभामा दुई हजार ८७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ। जिल्लामा गत वर्ष ९४० मेट्रिक टन अलैँची उत्पादन भएकोमा यो वर्ष भने उत्पादन घट्ने महासंघको अनुमान छ।अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ।
अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो। संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ। पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
