विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिवादीका कानून व्यवसायीले सोमबार अमेरिकाबाट ‘भर्चुअल’ माध्यममार्फत बहस गरेका छन्।
काठमाडौँ– मुद्दाको सुनुवाइमा सूचना प्रविधिको प्रयोग गर्दै आइरहेको विशेष अदालतले विदेशबाट पनि ‘भर्चुअल’ माध्यममार्फत सुनुवाइको शुरूआत गरेको छ। भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिवादीका कानून व्यवसायीले सोमबार अमेरिकाबाट भर्चुअल माध्यममार्फत बहस गरेका हुन्।
पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालसमेत जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले सोमबार बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बहस गरेका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय डा. खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासमा गत कात्तिक ५ गतेबाट मुद्दाको सुनुवाइ भइरहेको छ।
भर्चुअल सुनुवाइ सेवा जनकपुर लगायतका स्थानबाट कानून व्यवसायीले लिँदै आएकोमा पहिलो पटक अमेरिकाबाट पनि लिइएको हो। नेपाल वार, सरकारी वकिल र सरोकारवालासँग छलफल गरी सार्वजनिक सरोकारका विशेष मुद्दामा प्रत्यक्ष सुनुवाइ गर्ने लक्ष्य लिइएको विशेष अदालतले जनाएको छ।
“नेपालको न्यायिक परिपाटीमा विदेशबाट समेत बहस छलफल सुनी पक्षहरूको स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत भएको प्रविधियुक्त यो नौलो प्रयोग हो,” विशेष अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशेष अदालतले उपलब्ध गराएको न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न समस्त कानून व्यवसायी तथा सेवाग्राहीहरू सबैमा अदालत आग्रह गर्दछ।”
छिटो छरितो न्याय सबैका लागि न्याय भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका प्रविधिको प्रभावकारी प्रयोग गर्दै आएको छ। त्यसै कारण आर्थिक वर्ष २०८०/०८१ मा ८८ प्रतिशत मुद्दाको फर्स्योट गरी कानूनले तोकेको म्याद ६ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न पूर्ण रूपमा सफल भएको अदालतले उल्लेख गरेको छ।
गत वर्ष चैत १५ गते भर्चुअल सुनवाइको आरम्भ भएको थियो। त्यसपछि देशका विभिन्न जिल्लाबाट र विदेशबाट समेत भर्चुअल माध्यमबाट साक्षी बकपत्र लगायतका सेवा सेवाग्राहीले लिँदै आएका छन्।
विशेष अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयानसमेत भर्चुअल माध्यमबाट लिँदै आएको छ। यसअघि सुर्खेत, झापा जिल्ला लगायतबाट सम्बन्धित जिल्लाका जिल्ला अदालतसँग समन्वय गरी प्रतिवादीको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यमबाट गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
