सोमबारको कारोबारमा नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा पुगेको छ।
काठमाडौँ– अघिल्ला तीन कारोबारमा गिरावट देखिएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा सोमबार सुधार देखिएको छ। सोमबारको कारोबारमा नेप्से परिसूचक २७.४१ अंकले बढेको हो।
नेप्से परिसूचक १.०४ प्रतिशतले बढेर २६४५.३६ अंकमा उक्लिएको छ। यस दिन ३०७ कम्पनीको एक करोड चार लाख १८ हजार ९२६ कित्ता शेयर ५८ हजार ५५२ पटक किनबेच भयो।
जसबाट पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबारमा चार अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.१४ अंकको वृद्धि देखियो। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ।
जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर ९.५४, मेछ्याङ हाइड्रोपावर ९.१३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ६.९९ प्रतिशतले कमाएका छन्।
त्यस्तै, पिपल्स हाइड्रोपावर ६.०२, कालिन्चोक दर्शन ४.३५, समृद्धि फाइनान्स ३.९६, विन लघुवित्त २.८९, नेपाल एसबीआई बैंकका लागनीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन्।
कारोबारका आधारमा यस दिन क्रमशः नेपाल फाइनान्स, समृद्धि फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेट, जानकी फाइनन्स, पिपुल्स हाइड्रोपावरले धेरै कारोबार गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
