एसोसिएसनका अध्यक्ष दिलीप बादेले अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा मखमली फूलको मालाको माग भएको बताए।
काठमाडौँ– यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ।
फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो। गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत माग भएको बताए। नेपाली धेरै बसोबास गर्ने अन्य देशमा मालाको माग बढिरहेको उनको भनाइ छ।
पछिल्लो समय काठमाडौँ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्प खेती विस्तार भइसकेको फ्यानले जनाएको छ। यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ।
यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएको छ। २५ लाख माला मात्र नेपालमा उत्पादन हुने छ भने बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ।
हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ। गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो।
यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूल खेतीमा ठूलो नोक्सानी बेहोर्नुपरेको छ। वर्षाको कारण १५ करोड बराबरको नोक्सान भएको एसोसिएसनले जनाएको थियो।
नेपालमा व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्। यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका एसोसिएसनको तथ्यांक छ। नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्प खेती गर्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
