रोड्रीले रियल मड्रिड र ब्राजिलका विंगर भिनिसियस जुनियरलाई पछि पार्दै अवार्ड जितेका हुन्। रियलकै मिडफिल्डर बेलिंघम तेस्रो भए।
काठमाडौँ– म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्रिले यस वर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।
उनले रियल मड्रिड र ब्राजिलका विंगर भिनिसियस जुनियरलाई पछि पार्दै अवार्ड जितेका हुन्। रियलकै मिडफिल्डर जुड बेलिंघम तेस्रो भए।
क्लब र देशका लागि गत सिजन एक खेल मात्रै हारेका २८ वर्षीय रोड्रीले जुलाईमा स्पेनलाई युरो २०२४ जित्न मद्दत गरेका थिए। उनले सिटीबाट प्रिमियर लिग, सुपर कप र क्लब विश्वकप पनि जितेका थिए।
रियलले वर्षको उत्कृष्ट क्लबको तथा मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जिते। तर, पुरस्कार लिन क्लबबाट कोही पनि उपस्थित भएनन्।
भिनिसियसले बालोन डी’ओर जित्न नसक्ने खबर आएपछि क्लबले सो समारोह बहिष्कार गरेको बताइएको छ।
महिलातर्फ बालोन डी’ओर अवार्ड स्पेन र बार्सिलोनाकी आइटाना बोनमाटीले जितेकी छन्। उत्कृष्ट महिला प्रशिक्षक चेल्सीकी एम्मा हेस बनिन्।
यसैगरी, कोपा ट्रफी स्पेनका लामिन यामल, लेभ यासिन ट्रफी अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, गर्ड मुलर ट्रफी ह्यारी केन र केलियन एमबाप्पेले जिते।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
